२०८३, आश्विन २१ गते

images
  • समाचार
  • संसद् विघटनविरुद्ध अदालत जाने तयारीमा एमाले,...

संसद् विघटनविरुद्ध अदालत जाने तयारीमा एमाले, विघटित संसदीय दलको बैठक आज

संसद् विघटनविरुद्ध अदालत जाने तयारीमा एमाले, विघटित संसदीय दलको बैठक आज

मंगलवार, मंसिर २ २०८२११:००
मंगलवार, मंसिर २ २०८२११:००
  • images

    काठमाडौं । नेकपा एमालेले आज विघटित प्रतिनिधि सभा संसदीय दलको बैठक बसाउँदै छ। बैठक दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।

    एमाले स्रोतका अनुसार असंवैधानिक तरिकाले विघटन गरिएको प्रतिनिधि सभालाई पुनःस्थापना गर्नुपर्ने पार्टीको मागलाई थप प्रभावकारी बनाउन बैठक बोलाइएको हो। पार्टी नेतृत्वले हालको राजनीतिक अवस्थाबारे गम्भीर छलफल गर्दै आगामी रणनीति तय गर्ने बताइएको छ।

    बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन र पुनर्स्थापनासम्बन्धी सम्पूर्ण विवरण प्रस्तुति गर्नेछन्। उनका अनुसार संसद् विघटनको विषयमा संवैधानिक परीक्षण बाँकी रहेको हुँदा त्यसका लागि दलका तर्फबाट वा व्यक्तिगत रूपमा सांसदमार्फत अदालतमा जानेरनजाने भन्ने विषय आज निर्णायक रूपमा छलफल हुनेछ।

    एमालेले संसद् विघटनलाई संविधानविपरीत भएको दाबी गर्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend