२०८३, आश्विन २३ गते

images
  • समाचार
  • विप्लव नेतृत्वको नेकपा (माओवादी) लाई निर्वाचन...

विप्लव नेतृत्वको नेकपा (माओवादी) लाई निर्वाचन आयोगले दियो दल दर्ता प्रमाणपत्र

विप्लव नेतृत्वको नेकपा (माओवादी) लाई निर्वाचन आयोगले दियो दल दर्ता प्रमाणपत्र

मंगलवार, मंसिर २ २०८२०३:२६
मंगलवार, मंसिर २ २०८२०३:२६
  • images

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र प्राप्त गरेको छ। मंगलबार विप्लवसहितका नेताहरू आयोगमा पुगेर प्रमाणपत्र बुझेका हुन्। पार्टीको आधिकारिक नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राखिएको छ।

    यो नाम २०५२ सालमा सुरु भएको जनयुद्धकालीन पार्टीको नामसँग मिल्दोजुल्दो छ। यसअघि विप्लव नेतृत्वको पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ मात्र थियो।

    निर्वाचन आयोगमा यस दलको दर्ता नं २१० रहेको छ भने चुनाव चिन्ह गुलावको फूल तोकिएको छ। विप्लवले आगामी निर्वाचनमा भाग लिने तयारी गरिरहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend