काठमाडौं । सरकारले नेपाल विशेष सेवा ऐन २०४२ संशोधन गर्न तयार गरिएको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
मन्त्री खरेलका अनुसार बैठकले, “नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,” भनेर स्पष्ट पारेको छ।
यससँगै अध्यादेश राष्ट्रपतिद्वारा प्रमाणीकरण भएपछि ऐन संशोधन औपचारिक रूपमा लागू हुने मार्ग खुल्नेछ।

