काठमाडौं । बारामा असहज स्थिति भएसँगै एमाले नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्किएका छन् । उक्त जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुन बुधवार बिहान महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत र भानुभक्त ढकाललगायतका नेताहरू विमानस्थल पुगेका थिए ।
उनीहरू सिमरा आउने खबर पाएर जेनजीहरुले विमानस्थल परिसरमा प्रदर्शन गरेपछि स्थिति अशान्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेसँगै विमानस्थल अस्थायीरुपमा बन्द भएको छ ।

