काठमाडौँ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा नख्खु र भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामाथि आज सुनुवाइ हुँदै छ।
सुनुवाइका क्रममा गत साता साता उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले मुद्दाको मूल मिसिल झिकाउन आदेश दिएको थियो।
मिसिल प्राप्त भएसँगै आज पेसी चढेकाले सुनुवाइ हुन लागेको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले बताए।
रविले सुप्रिम सहकारी ठगी मुद्दामा सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो।
जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ मा उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
अदालतले लामिछाने र जोशी मुद्दा एकैसाथ हेर्न यसअघि नै आदेश दिएको थियो। सम्भवतः यो मुद्दामाथि आज रवि र छविका वकिलसहित इजलासमा बहस हुनेछ।

