२०८३, आश्विन २३ गते

images

तोलामा ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, मंसिर ४ २०८२११:००
बिहिवार, मंसिर ४ २०८२११:००
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ७ सय रुपैयाँले बढेर २ लाख ४३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बुधबार तोलाको ३ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार १८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ८ हजार ३३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ७३० रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend