काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार स्थिर रहेको छापावाल सुनको मूल्य बुधबार तोलामा ८०० रुपैयाँले बढेको हो ।
योसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँ पुगेको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको थियो ।
सोमबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर ४ हजार ४३० रुपैयाँ थियो ।

