२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • २ बजे बस्ने भनिएको कांग्रेस केन्द्रीय...

२ बजे बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक फेरि स्थगित

२ बजे बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक फेरि स्थगित

बिहिवार, मंसिर ४ २०८२११:०७
बिहिवार, मंसिर ४ २०८२११:०७
  • images

    काठमाडौँ । नेपाली कांग्रेसको बैठक फेरि स्थगित गरिएको छ । दिउँसो २ बजे बस्ने तय भएको बैठक शनिबार १ बजे बस्ने गरी स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

    असोज २८ गतेबाट जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन मितिमा निर्णय लिन नसक्दा स्थगित हुँदै आएको छ ।

    पार्टीमा महाधिवेशनको मितिबारे एकमत छैन । संस्थापन फागुन २१ को चुनावपछि महाधिवेशन गराउने पक्षमा छ । महामन्त्रीद्वयलगायतका इतर समूह चुनावअघि नै नियमित महाधिवेशन वा विशेष महाधिवेशनको पक्षमा छन् । विशेष महाधिवेशनको मागमा संस्थापनकै केही नेताले पनि पछिल्लो समय साथ दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend