२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • सिमरा घटनाबारे जेनजी वार्तामा बस्न सहमत,...

सिमरा घटनाबारे जेनजी वार्तामा बस्न सहमत, छलफल हुँदै

सिमरा घटनाबारे जेनजी वार्तामा बस्न सहमत, छलफल हुँदै

बिहिवार, मंसिर ४ २०८२०३:५९
बिहिवार, मंसिर ४ २०८२०३:५९
  • images

    काठमाडौँ । बाराको सिमरामा बुधबार र बिहीबार भएको तनावपछि जेनजी समूह प्रशासनसँग वार्तामा बस्न सहमत भएको छ । जेनजी मधेस प्रदेशका संयोजक शिव यादवले अहिले स्थिति सामान्य रहेको र आफूहरू वार्ताका लागि तयार रहेको जानकारी दिए ।

    अहिले यहाँको अवस्था शान्त छ । हामी सीडीओसँग वार्ताका लागि जाने तयारी गरिरहेका छौँ । वार्तामा जाने सहमति भइसकेको छ, यादवले भने ।

    बुधबार नेकपा (एमाले) का कार्यकर्ता र जेनजी समूहबीच विमानस्थलबाहिर झडप भएको थियो । सोही घटनाको विरोधमा जेनजीले आज (बिहीबार) पनि सिमरामा प्रदर्शन गरेका थिए । निरन्तरको तनावपछि उनीहरू प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग छलफल गर्न तयार भएका हुन् ।

    वार्तामा झडपको विषय र शान्ति सुरक्षाबारे छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend