२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • सेना परिचालनका लागि सिफारिस गर्ने सुरक्षा...

सेना परिचालनका लागि सिफारिस गर्ने सुरक्षा परिषद्को निर्णय

सेना परिचालनका लागि सिफारिस गर्ने सुरक्षा परिषद्को निर्णय

बिहिवार, मंसिर ४ २०८२०६:१४
बिहिवार, मंसिर ४ २०८२०६:१४
  • images

    काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्न मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुषीला कार्कीको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव तथा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालले जानकारी दिएका छन्।

    फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। सरकार निर्वाचन अवधिमा शान्ति र सुरक्षा सुनिश्चित गर्न सेना परिचालन गर्न तयारीमा छ। केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना-०८२ पारित गरिसकेको छ। सेना परिचालनको लागि गृह मन्त्रालयले रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषद्‌मा पत्राचार गरिसकेको छ।

    भदौ २३–२४ को जनजाती आन्दोलनले बिगारेको सुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य भएको छैन। दलहरूले वर्तमान वातावरण निर्वाचनका लागि अनुकूल नभएको भन्दै सरकारको आलोचना गरेका छन्।

    यसपालि सरकारले असामान्य सुरक्षा अवस्थालाई मध्यनजर गर्दै चुनावको केही अघि नै नेपाली सेनालाई परिचालन गर्न लागिरहेको छ। अघिल्ला निर्वाचनमा सेना सामान्यतया चुनाव एक महिना अगाडि मात्र परिचालन हुने गरेको थियो।

    राष्ट्रिय सुरक्षा परिषद्‌मा प्रधानमन्त्री (अध्यक्ष), रक्षा मन्त्री, अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्री, मुख्य सचिव, प्रधान सेनापति र रक्षा मन्त्रालयका सचिव सदस्य सचिव रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend