२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी...

बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै, १५१ सदस्यीय केन्द्रीय समिति

बाबुराम, जनार्दन र सन्तोषले आज पार्टी एकता घोषणा गर्दै, १५१ सदस्यीय केन्द्रीय समिति

आइतवार, मंसिर ७ २०८२१०:३४
आइतवार, मंसिर ७ २०८२१०:३४
  • images

    काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्दै छन् । 

    आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणा सभाको आयोजना गरिएको छ । एकता घोषणा सभा राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे हुनेछ ।

    कार्यक्रममा अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ । कात्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच एकता सहमतिमा हस्ताक्षर भएको थियो । 

    राष्ट्रिय सभागृहको एकता घोषणासभाको अध्यक्षता सन्तोष परियारले गर्ने छन् । दुर्गा सोबले कार्यक्रम सञ्चालन गर्ने छिन् भने सुदन किराँतीले स्वागत मन्तव्य राख्ने छन् ।

    बाबुराम भट्टराई र जनार्दन शर्मा पनि कार्यक्रममा सहभागी हुनेछन् । तर उनीहरुले शुभकामना मन्तव्य राख्ने गरी कार्यक्रमको खाका तयार पारिएको छ । सो सभाबाट पार्टीको नीति, नेतृत्व, कार्यक्रम लगायतबारे जानकारी दिइने नेताहरुले बताएका छन् ।

    एकतापछि नयाँ पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी नै राख्न सहमति नेताहरु सहमत भएका छन् । केन्द्रीय समिति १५१ भन्दा बढी सदस्यीय नबनाउने पनि सहमति भएको एक नेताले बताए ।

    स्रोतका अनुसार डा। बाबुराम भट्टराई पार्टीको कार्यकारी भूमिकामा रहने छैनन् । उनी संरक्षकको रुपमा रहने छन् । जनार्दन शर्मा पनि पार्टीको कार्यकारी भूमिकामा नरहने सहमति भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend