२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • वर्तमान सामाजिक–राजनीतिक संकट समाधान गर्न सबै...

वर्तमान सामाजिक–राजनीतिक संकट समाधान गर्न सबै पक्ष एकजुट हुन सन्तोष परियारको आह्वान

वर्तमान सामाजिक–राजनीतिक संकट समाधान गर्न सबै पक्ष एकजुट हुन सन्तोष परियारको आह्वान

आइतवार, मंसिर ७ २०८२०३:०६
आइतवार, मंसिर ७ २०८२०३:०६
  • images

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले देशको वर्तमान सामाजिक–राजनीतिक संकट समाधान गर्न सबै पक्षले एकजुट हुनुपर्ने बताएका छन्।
    आइतबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय एकता घोषणा सभामा सम्बोधन गर्दै परियारले भने, “संकटको यो घडीमा हामीले सामूहिकतामा जोड नदियौँ भने, यो देश जनताको नरहन सक्छ। इतिहासमा कहिल्यै नेतृत्व वर्गले जनताको देश बनाउन सकेको छैन।”

    उनले नेतृत्व वर्गले जनतालाई केन्द्रमा नराख्दा देशमा सधैं गरिबी रहँदै आएको र नागरिक र सरकारबीच अविश्वासको अवस्था उत्पन्न भएको बताए। परियारले अग्रजको अनुभव र नयाँ पुस्ताको संघर्ष तथा मेहनतले देशको संकट समाधान गर्न सक्नेमा विश्वास व्यक्त गरे।

    उनले थपे, “हामी सधैं किन गरिब छौँ भन्ने प्रश्न उठाउँछौँ, तर हाम्रो नेतृत्व र राजनीतिले देश र जनतालाई केन्द्रमा राखेर काम नगर्दा आजको स्थिति आएको हो।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend