२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • ईश्वर पोखरेलले गरे एमालेको अध्यक्षमा उम्मेदवारी...

ईश्वर पोखरेलले गरे एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा

ईश्वर पोखरेलले गरे एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा

मंगलवार, मंसिर ९ २०८२०४:०२
मंगलवार, मंसिर ९ २०८२०४:०२
  • images

    काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

    आसन्न ११औं महाधिवेशनका लागि उनले मंगलबार लामो वक्तव्य जारी गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।

    पहिले वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा उम्मेदवारी घोषणा गर्ने तयारी थियो। तर यो प्रक्रिया केही दिनलाई थाती राखेर उनी एक्लैले विज्ञप्तिमार्फत् आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

    उनलाई साथ दिने अन्य केही नेताले भने अर्को साता मात्र उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend