२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • चार सचिवको सरुवा, केदारनाथ शर्मालाई रक्षा...

चार सचिवको सरुवा, केदारनाथ शर्मालाई रक्षा सचिवको जिम्मेवारी

चार सचिवको सरुवा, केदारनाथ शर्मालाई रक्षा सचिवको जिम्मेवारी

मंगलवार, मंसिर ९ २०८२०६:२८
मंगलवार, मंसिर ९ २०८२०६:२८
  • images

    काठमाडौं । सरकारले चार जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत चार जना सचिवको सरुवा गरेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ भने कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

    राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव गोकर्णमणि दवाडी मंगलबारदेखि पाँच वर्षे सचिवको कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा गएपछि आयोगमा सचिव पद रिक्त थियो ।


    त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माको रक्षा मन्त्रालयको सचिवमा सरुवा भएको छ । रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएसँगै उक्त मन्त्रालयमा सचिव पद रिक्त भएको थियो ।

    यस्तै, रिक्त भएको भूमि मन्त्रालयको सचिवमा मधेश प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेलको सरुवा भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend