२०८३, आश्विन २३ गते

images

दल दर्ताको समय चार दिन थप

दल दर्ताको समय चार दिन थप

बुधवार, मंसिर १० २०८२०७:११
बुधवार, मंसिर १० २०८२०७:११
  • images

    काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि चार दिन थपेको छ। राजनीतिक दल दर्ताका लागि चार दिन थप गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । 
    दल दर्ताको समय आज सकिँदै थियो। आयोगले समय थप गरेसँगै अब मंसिर १४ गतेसम्म दल दर्ता गर्न सकिने छ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन यही मंसिर १ देखि आजसम्मको समय दिएको थियो।

    आयोगका अनुसार यसअन्तर्गत मंलबारसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत ८० वटा दलले दल दर्ता गराएका छन्। आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूबारे मंसिर ११ देखि १८ गतेसम्म छानबिन र रुजु गरी मंसिर २० गते स्वीकृत नामावली प्रकाशन गर्नेछ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend