२०८३, आश्विन २३ गते

images

एमालेका नेताहरु सिंहदरबारमा, प्रधानमन्त्रीसँग छलफल जारी

एमालेका नेताहरु सिंहदरबारमा, प्रधानमन्त्रीसँग छलफल जारी

बिहिवार, मंसिर ११ २०८२०५:०६
बिहिवार, मंसिर ११ २०८२०५:०६
  • images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच सिंहदरबारमा छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपराह्न छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    छलफलमा सहभागी हुन नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी छन् ।

    सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चारमन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी छन् ।

    प्रधानमन्त्री कार्कीले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नका लागि तयारी अघि बढाएकी थिइन् । स्रोतका अनुसार, अन्य दलका नेताहरूसँग पनि छलफल गर्ने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend