२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • साताको अन्तिम कारोबार दिन बढ्यो सुनचाँदीको...

साताको अन्तिम कारोबार दिन बढ्यो सुनचाँदीको मूल्य

साताको अन्तिम कारोबार दिन बढ्यो सुनचाँदीको मूल्य

शुक्रवार, मंसिर १२ २०८२१०:५०
शुक्रवार, मंसिर १२ २०८२१०:५०
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार २ सय रुपैयाँले बढेर २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार पनि सुन तोलाको २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बिहीबार तोलाको ३ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १४ हजार ८५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८६८ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend