२०८३, आश्विन २३ गते

images

तोलामा १६ सयले बढ्यो सुनको मूल्य, चाँदी अहिलेसम्मकै महंगो

तोलामा १६ सयले बढ्यो सुनको मूल्य, चाँदी अहिलेसम्मकै महंगो

आइतवार, मंसिर १४ २०८२१०:४९
आइतवार, मंसिर १४ २०८२१०:४९
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर २ लाख ५२ हजार २ सय रुपैयाँ पुगेको छ। गएको शुक्रबार सुन प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 

    सुन गएको साता आइतबार २ लाख ४४ हजार ६ सय, सोमबार २ लाख ४२ हजार ७ सय र मंगलबार २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ लाख ४८ हजार ४ सय रुपैयाँ रहेको थियो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च भएको छ। आज आइतबार चाँदी प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि गएको असोज ३१ गते चाँदी ३ हजार ३ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।  

    गएको असोज ३१ गते नै सुनको मूल्य तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै उच्च हो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend