काठमाडौँ । आइतबार बिहानदेखि समस्या आएको इन्टरप्राइजेज रिसोर्स प्लानिङ (इआरपी) सिष्टम सुचारु भएको छ । नेपाल आयल निगमले आइतबार साढे १२ बजेदेखि समस्या समाधान भएर सुचारु भएको जनाएको छ ।
निगमले पेट्रोलियम पदार्थको ढुवानीका लागि ५ वर्षअघि उक्त सिष्टम लागु गरेको थियो । पेट्रोल पम्पहरुले उक्त सिष्टमबाटै अडर गर्ने गरेका छन् । आइतबार बिहानैदेखि उक्त सिष्टममा समस्या आउँदा केही समय समस्या देखिएको भन्दै निगमका प्रवक्ता मनोज ढाकुरले समस्याको समाधान भैसकेको बताए ।
‘उक्त सिष्टम सबै हाम्रो हातमा हुँदैन कहिलेकाहि समस्या आउँछ । समस्या देखिनासाथ हामीले समाधान गरिहाल्छौँ । अहिलेपनि केही समस्या देखिएको थियो, समाधान भैसक्यो’, उनले भने ।
समयमै नवीकरण नगर्दा चलेन इआरपी सिष्टम, पेट्रोलियम पदार्थको ढुवानी ठप्प

