२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्तो...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्तो छ एजेण्डा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्तो छ एजेण्डा

सोमवार, मंसिर १५ २०८२०८:१३
सोमवार, मंसिर १५ २०८२०८:१३
  • images

    काठमाडौँ । पटक पटक सर्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे  पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

    कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे बहस र विवाद पेचिलो बन्दै जाँदा बैठक पटक–पटक सर्दै आएको छ ।

    पछिल्ला छलफलमा पुस अन्तिम सतामा १५ औं महाधिवेशन गर्ने कार्यतालिकामा प्रारम्भिक सहमति जुटेको नेताहरुले बताएका छन् । आजको बैठकमा कार्यवाहक सभापति खड्काले २६–२९ पुसमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने बताइएको छ । बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबै पक्षसँग अनौपचारिक छलफल गर्ने तयारी गरेका छन् ।

    केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा आइतबार कार्यबाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग सामूहिक छलफल गरेका थिए । छलफलमा खड्काले पुस अन्तिम साता महाधिवेशन गर्नेगरी प्रस्ताव ल्याउने बताएका थिए ।

    गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिर्णित बन्दा लम्बिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend