२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • कांग्रेस महाधिवेशन कार्यतालिका पारित, गगन थापाको...

कांग्रेस महाधिवेशन कार्यतालिका पारित, गगन थापाको अतिरिक्त प्रस्ताव लिखित रूपमा दर्ता

कांग्रेस महाधिवेशन कार्यतालिका पारित, गगन थापाको अतिरिक्त प्रस्ताव लिखित रूपमा दर्ता

सीएनएन खबर
मंगलवार, मंसिर १६ २०८२१२:२८
सीएनएन खबर
मंगलवार, मंसिर १६ २०८२१२:२८
  • images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ। कार्यबाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका प्रस्तुत गरेपछि महामन्त्री गगन थापाले अतिरिक्त प्रस्ताव राख्न चाहेका थिए। तर कार्यबाहक सभापतिले बहस दोहोरिन सक्ने भन्दै प्रस्ताव लिखित रूपमा दर्ता गर्न आग्रह गरे।

    महामन्त्री थापाले त्यसपछि आफ्नो अतिरिक्त प्रस्ताव लिखित स्वरूपमा पेस गरेका छन्। एक केन्द्रीय सदस्यका अनुसार थापाको प्रस्तावको मूल सार,“नियमित महाधिवेशन जुनसुकै अवस्थामा पनि हुनुपर्ने” भन्नेमा केन्द्रित रहेको छ। कुनै कारणले नियमित महाधिवेशन नहुने अवस्था आए स्वत: विशेष महाधिवेशनमा जाने व्यवस्था कायम गर्नुपर्ने प्रस्तावमा उल्लेख गरिएको बताइएको छ।

    यसअघि संस्थापनइतर पक्षले महाधिवेशन ढिलाइ भए विशेष महाधिवेशन प्रक्रियामा जानुपर्ने भन्दै दबाब बढाउँदै आएको थियो। सभापति शेरबहादुर देउवा निकट नेताहरू विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता गरेर मात्र नियमित महाधिवेशनको तयारी गर्नुपर्ने पक्षमा थिए। तर दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर फिर्ता लिन नसकिने भन्दै अडान लिएपछि देउवा स्वयं नियमित महाधिवेशन नै अघि बढाउने निष्कर्षमा पुगे।

    यससँगै पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका टुंगो लगाइएको छ। बैठकमा प्रस्तुत कार्यतालिका सर्वसम्मत पारित भएका कारण अब कांग्रेस आन्तरिक चुनावी तयारीतर्फ प्रवेश गर्ने संकेत देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend