२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ...

बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, मंसिर १७ २०८२११:०४
बुधवार, मंसिर १७ २०८२११:०४
  • images

    काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५४ हजार १०० कायम भएको छ । आज चाँदीको मोल  ११० ले बढेर तोलामा तीन हजार ६५५ निर्धारण भएको छ ।

    मङ्गलबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ५४५ मा कारोबार भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२६ र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend