२०८३, आश्विन २३ गते

images
  • समाचार
  • क्यानका महाप्रबन्धक अधिकारी सहित ७ जना...

क्यानका महाप्रबन्धक अधिकारी सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

क्यानका महाप्रबन्धक अधिकारी सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

बुधवार, मंसिर १७ २०८२०३:१९
बुधवार, मंसिर १७ २०८२०३:१९
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित  ७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    आयोगले बुधबार विशेष अदालतमा भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याडमा भ्रष्टाचार प्रकरणमा बुधबार मुद्दा दायर गरेको हो ।

    प्राधिकरणका महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई पक्राउ गरेर उपस्थित गराइएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।

    उनका अनुसार १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको हो । मुद्दा दायर भएकामा प्राधिकरणका ४ जना, १ इन्जिनियर र १ कन्सलटिङ कम्पनी र त्यसका प्रोप्राइटर छन् ।

    क्यानका कर्मचारीहरू उप(प्रबन्ध निर्देशक सम्वृति श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सलटिङ प्रालि र त्यसका प्रोप्रराइटर विजय थापा लाई प्रतिवादी कायम गरिएको छ ।

    क्यानका महाप्रबन्धक प्रदीप अधिकारी पक्राउ क्यानका महाप्रबन्धक प्रदीप अधिकारी पक्राउ

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend