२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • जेनजी आन्दोलनपछि ओली–देउवा पहिलो भेटवार्ता :...

जेनजी आन्दोलनपछि ओली–देउवा पहिलो भेटवार्ता : आरजु र राधिका पनि सहभागी

जेनजी आन्दोलनपछि ओली–देउवा पहिलो भेटवार्ता : आरजु र राधिका पनि सहभागी

शुक्रवार, मंसिर १९ २०८२०७:२३
शुक्रवार, मंसिर १९ २०८२०७:२३
  • images

    काठमाडौं । जेनजी आन्दोलनपछि सरकारबाट विस्थापित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवानिवास महाराजगञ्ज पुगेका छन् ।

    जेनजी आन्दोलन हुँदा ओली र देउवा सत्ता सहयात्री थिए । त्यसपछि पहिलोपटक शुक्रबार दुवै नेताबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो अध्यक्ष ओली सभापति देउवालाई भेट्न महाराजगञ्ज पुगेका हुन् ।


    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार दुवै नेताबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ ।

    जेनजी आन्दोलनपछि सभापति देउवा पार्टी राजनीतिबाट टाढिँदै गएका छन् भने ओली पुन: एमाले अध्यक्ष बन्ने जोडबलमा लागेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend