२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • निर्वाचनको काउन्टडाउन सुरु, ८८ दिन बाँकीको...

निर्वाचनको काउन्टडाउन सुरु, ८८ दिन बाँकीको काउन्टडाउन सुरु, ८८ दिन बाँकी

निर्वाचनको काउन्टडाउन सुरु, ८८ दिन बाँकीको काउन्टडाउन सुरु, ८८ दिन बाँकी

आइतवार, मंसिर २१ २०८२०१:३१
आइतवार, मंसिर २१ २०८२०१:३१
  • images

    काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावका लागि अब ८८ दिन बाँकी छ । चुनावका लागि निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । आउँदो फागुन २१ गते हुने चुनावका लागि राजनीतिक दलहरूले पनि आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् ।

    आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरिएको छ ।

    समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने मंसिर २४ गते प्रकाशित हुनेछ । आवेदन दिएका राजनीतिक दलले आउँदो पुस १३ र १४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ ।

    यस्तै, आउँदो माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ १ सय १० सदस्य निर्वाचित हुने प्रावधान छ । प्रत्यक्षतर्फको कार्यक्रमअनुसार आउँदो माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । त्यहि दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आउँदो माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ ।

    त्यस्तै माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । त्यसै दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend