२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • सामान्य बढ्यो सुनको मूल्य, चाँदीको मूल्य...

सामान्य बढ्यो सुनको मूल्य, चाँदीको मूल्य उच्च

सामान्य बढ्यो सुनको मूल्य, चाँदीको मूल्य उच्च

बुधवार, मंसिर २४ २०८२११:०३
बुधवार, मंसिर २४ २०८२११:०३
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ सय रुपैयाँले बढेर २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन मंगलबार तोलाको ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको चाँदी बुघबार बढेर ३ हजार ७५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार बुघबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १६ हजार १३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार २१५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend