२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • ४३ वटा दल समानुपातिक निर्वाचनमा भाग...

४३ वटा दल समानुपातिक निर्वाचनमा भाग नलिने

४३ वटा दल समानुपातिक निर्वाचनमा भाग नलिने

बुधवार, मंसिर २४ २०८२०२:२६
बुधवार, मंसिर २४ २०८२०२:२६
  • images

    काठमाडौं ।  समानुपातिक निर्वाचन बाहिर ४३ वटा दल रहने भएका छन् । उनीहरूले २१ फागुनमा तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन नै दिएका छैनन् ।

    निर्वाचन आयोगका अनुसार दल दर्ताको संख्या १४३ छ । त्यसमध्ये एक सय दलले समानुपातिक तर्फ निर्वाचन प्रयोजनका लागि निवेदन दिएका छन् । बाँकी ४३ दलले समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि निवेदन नै दिएका छैनन् ।

    निर्वाचन आयोगले मंसिर २१, २२ र २३ मा समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय तय गरेको थियो । निर्धारित समयमा एक सय दलले समानुपातिक तर्फ निर्वाचन प्रयोजनका लागि निवेदन दिएका हुन् ।

    प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगको कार्यतालिका छ । आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने समय छ ।

    प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानबिन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ ।

    प्रतिनिधि सभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने व्यवस्था छ । प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend