२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • सरकारसँगको सम्झौतामा राष्ट्रपतिको सही चाहियो भन्दै...

सरकारसँगको सम्झौतामा राष्ट्रपतिको सही चाहियो भन्दै जेन–जीबीच नै चर्काचर्की

सरकारसँगको सम्झौतामा राष्ट्रपतिको सही चाहियो भन्दै जेन–जीबीच नै चर्काचर्की

बुधवार, मंसिर २४ २०८२०९:५०
बुधवार, मंसिर २४ २०८२०९:५०
  • images

    काठमाडौं । सरकार र जेन–जीबीच भएको सम्झौता बैठकमा आज चर्काचर्की भएपछि केही जेनजी प्रतिनिधिहरू बैठकस्थलबाट बाहिरिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीसँगको सहमति पत्रमा हस्ताक्षर भएपछि पनि केही जेनजी पक्षले सम्झौताको कार्यान्वयनमा शंका व्यक्त गरेका थिए।

    सम्झौतामा जेनजी सहिद परिवारका तर्फबाट भोजराज थापाले हस्ताक्षर गरे। तर, हस्ताक्षरपछि केही जेनजी प्रतिनिधिले “हामी चुनावका लागि आन्दोलनमा उत्रिएका होइनौँ” भन्दै असन्तुष्टि जनाए। उनीहरूले नयाँ सरकार आएपछि सम्झौता कार्यान्वयन नहुने हो कि भन्ने शंका राख्दै राष्ट्रपतिकै हस्ताक्षर आवश्यक रहेको माग गरेका थिए।

    तनाव बढेपछि केही प्रतिनिधि उभिएर बैठक छाडेर बाहिरिएका थिए। बैठकको बीचमै एक प्रतिनिधिले प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै नारासमेत लगाएका थिए।

    यद्यपि, सरकारी अधिकारीहरूले सम्झौता कार्यान्वयनमा कुनै शंका नराख्न जेनजी र सहिद परिवारलाई आग्रह गर्दै वार्ता निरन्तर जारी राखिने बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend