२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • महाधिवेशनअघि एमालेको सचिवालय बैठक बस्दै, के...

महाधिवेशनअघि एमालेको सचिवालय बैठक बस्दै, के के छन् एजेण्डा ?

महाधिवेशनअघि एमालेको सचिवालय बैठक बस्दै, के के छन् एजेण्डा ?

शुक्रवार, मंसिर २६ २०८२०७:५७
शुक्रवार, मंसिर २६ २०८२०७:५७
  • images

    काठमाडौँ । शनिबारदेखि शुरू हुने ११औं महाधिवेशनमा जाने प्रस्तावबारे निर्णय गर्न आज एमाले सचिवालय बैठक बस्ने भएको छ । महाधिवेशनको कार्यसूचीलगायत केही प्राविधिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको पार्टी कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए । 

    बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने उनले बताए । बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा पेस गरेको छुट्टै राजनीतिक प्रस्ताव महाधिवेशनमा लैजानेरनलैजाने टुंगो गर्ने एमाले स्रोतले जानकारी दियो ।

    बिहीबार काठमाडौंमा प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा जाने प्रस्तावबारे टुंगो लाग्ने बताए । ‘महाधिवेशनमा मेरोविरुद्ध कोही नउठ्ला र म निर्विरोध हुँला भन्ने मेरो मूल्यांकन हो, दबाबको राजनीति होइन’, ओलीले भने, ‘शुक्रबार अन्तिम टुंगो हुन्छ । जे प्रस्ताव जाँदा पनि सहमतिका साथ जान्छ । सम्भवतः शुक्रबारको बैठक अन्तिम हुन्छ ।’

    एमालेको महाधिवेशन मंसिर २७ देखि काठमाडौंमा शुरू हुँदैछ । महाधिवेशनमा पेस गर्न भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेल समूहले मंसिर २१ गते पार्टीमा छुट्टै दस्तावेज बुझाएको थियो ।

    संस्थापन पक्षका नेताहरूले नीतिबारे विधान महाधिवेशनमा छलफल भइसकेको अवस्थामा नेतृत्व चयन गर्ने महाधिवेशनमा सो प्रस्तावले प्रवेश नपाउने बताइरहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend