काठमाडाँै । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्यमा उच्च बृद्दि भएको छ ।
नेपाल सुनाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार सुन तोलामा तीन हजार ५०० रुपैयाँले बढेकाे हो । महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले बढेर प्रतितोला तीन हजार ९०५ रुपैयाँ रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १९ हजार ९९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ३४८ रुपैयाँमा कारोबार भईरहेको छ ।

