काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले एनपिएल च्याम्पियन लुम्बिनीलाई बधाइ दिएकी छन्।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्यमाथि ६ विकेटको सानदार जित निकाल्दै लुम्बिनी दोस्रो सिजनको एनपिएलको च्याम्पियन बनेसँगै प्रधानमन्त्री कार्कीले बधाइ दिएकी हुन्।
नेपाल प्रिमियर लिगको च्याम्पियन लुम्बिनी लायन्सलाई बधाइ। राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद,’ उनले भनेकी छन्।
सुदूरपश्चिम लगातार दोस्रो सिजन उपविजेतामै सीमित बन्यो। गत सिजन पनि लिग चरणमा उत्कृष्ट खेलेको सुदूरपश्चिम फाइनलमा भने जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।

