२०८३, आश्विन २३ गते

images

एमालेको बन्दसत्र १ बजेदेखि सुरु हुने

एमालेको बन्दसत्र १ बजेदेखि सुरु हुने

आइतवार, मंसिर २८ २०८२१०:२१
आइतवार, मंसिर २८ २०८२१०:२१
  • images

    काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो । त्यसलाई पुनस् दिउँसो १ बजेका लागि सारिएको छ ।

    भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ ।अहिले केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भइरहेको छ । यो बैठक कार्यकालको अन्तिम बैठक हो ।

    बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए ।

    बन्दसत्र सरेपनि प्रतिनिधिहरु बिहानै भृकुटीमण्डपमा पुगेका छन् । प्रतिनिधिहरुले दस्तावेजहरुको प्रचारप्रसाद गरिरहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend