२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • साताको पहिलो कारोबार दिन नै ह्वात्तै...

साताको पहिलो कारोबार दिन नै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, मंसिर २८ २०८२१०:४४
आइतवार, मंसिर २८ २०८२१०:४४
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज छापावाला सुन तोलाको २२ सय रुपैयाँले बढेर २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार ८२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २१ हजार ८८०रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार २८० रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend