काठमाडौं । नेकपा (एमाले) ले आफ्नो विधान फेरि संशोधन गरेको छ। ११औँ महाधिवेशनको बन्दसत्रअघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गरेको हो।
संशोधनसँगै एमालेमा पदाधिकारी संख्या फेरि बढाएर १९ पुर्याइएको छ। यसअघि भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गर्ने निर्णय गरेको थियो भने वरिष्ठ उपाध्यक्ष पद हटाइएको थियो।
विधान महाधिवेशनपछि वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए। पोखरेलको सम्भावित विद्रोहलाई मध्यनजर गर्दै अध्यक्ष ओलीले आफ्नै समूहभित्र नेताहरूको व्यवस्थापन गर्न तथा ‘जेन–जी आन्दोलन’लाई कारण देखाउँदै विधान संशोधन अघि बढाएको विश्लेषण गरिएको छ।
संशोधित विधानअनुसार अब पार्टीमा वरिष्ठ उपाध्यक्ष एक जना, उपाध्यक्ष ६ जना, महासचिव एक जना, उपमहासचिव ३ जना र सचिव ७ जना रहने व्यवस्था गरिएको छ।

