२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • एमालेको बन्दसत्र फेरि सर्‍यो, ३ बजेदेखि...

एमालेको बन्दसत्र फेरि सर्‍यो, ३ बजेदेखि सुरु हुने

एमालेको बन्दसत्र फेरि सर्‍यो, ३ बजेदेखि सुरु हुने

आइतवार, मंसिर २८ २०८२०१:४९
आइतवार, मंसिर २८ २०८२०१:४९
  • images

    काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज सञ्चालन हुने भनिएको बन्दसत्र फेरि सारिएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

    यसअघि बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्रको समय सारेर दिउँसो ३ बजेका लागि तोकिएको छ । बन्दसत्रअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनका केही निर्णय उल्ट्याएको छ ।

    बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने तथा स्थायी कमिटी रहने व्यवस्था कायम गर्ने गरी विधान संशोधन गर्ने निर्णय गरेको बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend