२०८३, आश्विन २३ गते

images

सोमबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, मंसिर २९ २०८२१०:४७
सोमवार, मंसिर २९ २०८२१०:४७
  • images

    काठमाडौँ । पछिल्लो केही दिन यता नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गर्न थालेको छ । त्यसै अनुसार सोमबार सुनको नयाँ रेकर्ड बनाएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १९ सय रुपैयाँले बढेर २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन आइतबार तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ९आज० बढेर ३ हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २३ हजार ५१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ३१८ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend