काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहबाट पदाधिकारीका नाम करिब टुंगो लगाइएको छ । ओली यसपालि पनि अध्यक्षको उमेदवार बन्दै छन् ।
ओली समूहबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंगो लाइएको स्रोतले जानकारी दिएको छ । पौडेल, थापा र बराल १०औँ महाधिवेशनबाट उपाध्यक्ष बनेका थिए ।
महासचिवमा शंकर पोखरेललाई निरन्तरता दिइएको छ । यस्तै, उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकालको नाम तय गरिएको ओलीनिकट स्रोतले जानकारी दिएको छ ।
यस्तै, सचिवमा लेखराज भट्ट, छविलाल विश्ववकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेतको नाम तय गरिएको छ । भट्ट, विश्वकर्मा र अर्याल १०औँ महाधिवेशनबाट पनि सचिव बनेका थिए ।

