२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • टियागो ईभी अन्तर–स्कुल चित्रकला प्रतियोगिता ‘कार्टनिभल’का...

टियागो ईभी अन्तर–स्कुल चित्रकला प्रतियोगिता ‘कार्टनिभल’का आशिम र समस्याले पाए पी एस ५ पुरस्कार

टियागो ईभी अन्तर–स्कुल चित्रकला प्रतियोगिता ‘कार्टनिभल’का आशिम र समस्याले पाए पी एस ५ पुरस्कार

सीएनएन खबर
सोमवार, मंसिर २९ २०८२११:०१
सीएनएन खबर
सोमवार, मंसिर २९ २०८२११:०१
  • images

    काठमाडौँ । टियागो ईभी कार्टनिभल अन्तर–स्कुल चित्रकला कार्यक्रमअन्तर्गत चित्रकला प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न भएको छ । सिप्रदीयन सहायता संस्था र बुढानिलकण्ठ स्कुलको सहकार्यमा आयोजित उक्त अन्तर–स्कुल चित्रकला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

    कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । कार्यक्रम चित्रकला प्रतियोगिता, उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा विशेष पुरस्कार वितरण समारोहसहित सम्पन्न गरिएको थियो ।

    प्रतियोगिताअन्तर्गत कक्षा ५ देखि ८ सम्मको समूहमा त्रियोग हाईस्कुलका आशिम सुन्दास प्रथम भएका छन् भने कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ स्कुलकी समया थापा प्रथम हुन सफल भइन् । दुवै समूहका प्रथम विजेतालाई पुरस्कारस्वरूप प्लेस्टेसन–५ (पी एस ५) प्रदान गरिएको थियो ।

    दुई चरणमा सञ्चालन गरिएको यस कार्यक्रमको पहिलो चरणअन्तर्गत गत मङ्सिर १३ गते चित्रकला प्रतियोगिता तथा कार्यशाला आयोजना गरिएको थियो । दोस्रो चरणमा पौष २८ गते उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

    कक्षा ५ देखि ८ को समूहमा काठमाडौं युरो स्कुलकी ब्रिशा भट्ट द्वितीय, नेशनल ब्लुमिङ फ्लावर एकेडेमीका सामिक कुँवर तृतीय, बुढानिलकण्ठ स्कुलका दक्ष चौधरी चौथो तथा त्रियोग हाईस्कुलकी आश्वी घले पाँचौँ स्थान हासिल गर्न सफल भएका छन् ।

    त्यसैगरी, कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ माध्यमिक विद्यालयकी युनिशा श्रेष्ठ द्वितीय र राजन मुखिया तृतीय भएका छन् ।

    उक्त कार्यक्रम बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदी ट्रेडिङ प्रालिका पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापति, शैक्षिक व्यक्तित्व, अभिभावक, सहभागी विद्यालयका विद्यार्थी तथा कला क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend