२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • एमालेको अध्यक्ष बन्न १५ हजार शुल्क,...

एमालेको अध्यक्ष बन्न १५ हजार शुल्क, अन्य पदमा कति ?

एमालेको अध्यक्ष बन्न १५ हजार शुल्क, अन्य पदमा कति ?

सोमवार, मंसिर २९ २०८२०१:२२
सोमवार, मंसिर २९ २०८२०१:२२
  • images

    काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया जारी छ । काठमाडौंको भृकुटीमण्डपमा चुनावी प्रक्रिया चलिरहेको हो ।

    पार्टी निर्वाचन आयोगले विभिन्न पदको उमेदवारी शुल्क निर्धारण गरेको छ । अध्यक्षका निम्ति प्रतिउमेदवारी शुल्क १५ हजार रुपैयाँ तोकिएको छ ।

    यस्तै, केन्द्रीय पदाधिकारीमा उमेदवारी शुल्क १० हजार रुपैयाँ कायम गरिएको छ । केन्द्रीय सदस्यको उमेदवार बन्नेले पाँच हजार रुपैयाँ बुझाउनुपर्नेछ ।

    केन्द्रीय आयोग अध्यक्षको उमेदवारी शुल्क १० हजार रुपैयाँ निर्धारित छ । केन्द्रीय आयोगका पदाधिकारी र सदस्यका निम्ति उमेदवारी शुल्क पाँच हजार रुपैयाँ तोकिएको एमाले निर्वाचन आयोगले जनाएको छ ।

    पार्टी नेतृत्वका निम्ति अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टाछ्ट्टै प्यानलसहित प्रतिस्पर्धाको तयारी गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend