२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • ४ बजेदेखि मात्रै एमालेको मतदानः फिल्डमा...

४ बजेदेखि मात्रै एमालेको मतदानः फिल्डमा ओली पक्ष आक्रामक, भित्री रणनीतिमा ईश्वर प्यानल

४ बजेदेखि मात्रै एमालेको मतदानः फिल्डमा ओली पक्ष आक्रामक, भित्री रणनीतिमा ईश्वर प्यानल

मंगलवार, पौष १ २०८२११:१८
मंगलवार, पौष १ २०८२११:१८
  • images

    काठमाडौँ । एमाले नेतृत्व चयनका लागि आज अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ ।

    केन्द्रीय निर्वाचन आयोगका अनुसार विद्युतीय मतदान मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गरी परीक्षण गरेपछि मतदान सुरु हुनेछ । १ बजेबाट मतदान सुरु हुने तालिका भए पनि उम्मेदवारको सूची मेसिनमा राख्न समय लागेको हो ।

    ‘४ बजेदेखि मतदान सुरु हुनेछ,’ आयोग सदस्य सानुराज पोखरेलले भने, ‘अन्तिम नामावलीका प्रकाशित सबै उम्मेदवारको सूची विद्युतीय मेसिनमा समावेश हुनेछ । अब उम्मेदवारी फिर्ता लिए पनि उम्मेदवारको नाम मेसिनमा देखिनेछ ।’

    उनले मतदानका ८० मेसिनको प्रयोग गर्ने बताए । ‘थप १० मेसिन ब्याकअपमा हुनेछन्, त्यसमध्ये पाँच मेसिन मतदानको अभ्यासका लागि राखिनेछ,’ उनले भने ।

    एक जनालाई मतदान गर्न २५ मिनेटको समय लाग्ने उनको भनाइ छ । नेतृत्वका लागि २ हजार २६२ मतदाता रहेका छन् । केन्द्रीय कमिटी, पदाधिकारीसहित ३०१ पदका लागि ६०३ उम्मेदवार रहेका छन् ।

    अध्यक्षमा केपी शर्मा ओली र ईश्वर प्रतिस्पर्धामा रहेका छन् । ओली र पोखरेल प्यानलसहित प्रतिस्प्रर्धामा रहेका हुन् । ओली प्यानलबाट महासचिवमा शंकर पोखरेल र ईश्वर प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार रहेका छन् ।

    मतदानस्थल भृकुटीमण्डपमा बिहान देखि नै नेतारकार्यकर्ताहरू उपस्थित छन् । उम्मेदवारका पक्षधर नेतारकार्यकर्ताहरू प्रचारमा रहेका छन् ।

    नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुनुअघि केपी शर्मा ओली पक्षका नेताहरुले महाधिवेशन स्थलमा आक्रामक प्रचार गरिरहेका छन् । ईश्वर पोखरेल समूह भने फिल्डमा सुस्त देखिन्छ ।

    नेताहरूका अनुसार ईश्वर पोखरेल समूह फिल्डमा कम देखिएता पनि भित्री रणनीतिमा रहेको छ । खासगरी एमालेको प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूसँग ईश्वर समूह संवादमा छ ।

    नेता रघुजी पन्तले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनी ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवारका आकांक्षी थिए । प्यानलमा नपरेपछि उनले स्वतन्त्र ढंगले उम्मेदवारी दिएका हुन् ।

    ओली प्यानलबाट पदाधिकारीका आकांक्षीद्धय अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् ।

    एमाले महाधिवेशनमा आज मतदान, ८० वटा मेसिनबाट हुनेछ मतदान

    एमाले महाधिवेशनमा आज मतदान, ८० वटा मेसिनबाट हुनेछ मतदान

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend