२०८३, आश्विन २३ गते

images

एमालेको मतदान बुधबार ८ बजेबाट

एमालेको मतदान बुधबार ८ बजेबाट

मंगलवार, पौष १ २०८२०८:४५
मंगलवार, पौष १ २०८२०८:४५
  • images


    काठमाडौं । नेकपा एमालेको जारी ११औं महाधिवेशनको नेतृत्व चयनका लागि मतदान समय सरेको छ। मंगलबार साँझ ७ बजेबाट सुरू गर्ने भनिएको मतदान बुधबारका लागि सारिएको हो।

    केन्द्रीय निर्वाचन आयोगले बुधबार विहान ८ बजेदेखि मतदान हुने जानकारी दिएको छ। आजै मतदान हुने कार्यतालिकापछि प्रतिनिधिहरू लाइनसमेत बसिसकेका थिए। अध्यक्षका आकांक्षीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल पनि भृकुटीमण्डप पुगिसकेका थिए। तर, विद्युतीय माध्यमबाट हुने भनिएको मतदानमा प्राविधिक परीक्षण गर्नुपर्ने भएकाले मतदान भोलिलाई सारिएको बताइएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend