२०८३, आश्विन २३ गते

images

तोलामा ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

तोलामा ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

बुधवार, पौष २ २०८२१०:५२
बुधवार, पौष २ २०८२१०:५२
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला २ लाख ५९ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको हो ।

    आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २२ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको भाउ भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार प्रतितोला ३ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा एकैदिन १७० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ४ सय ७७ रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend