२०८३, आश्विन २२ गते

images

तोलामा ७ सयले बढ्यो सुनको मूल्य, चाँही हालसम्मकै महंगो

तोलामा ७ सयले बढ्यो सुनको मूल्य, चाँही हालसम्मकै महंगो

बिहिवार, पौष ३ २०८२१०:५२
बिहिवार, पौष ३ २०८२१०:५२
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ७ सय रुपैयाँले बढेर २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बुधबार तोलाको ४ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ४ हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २३ हजार २५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ४९८ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend