२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • रवि छविको मुद्दा न्यायाधीश आचार्य र...

रवि छविको मुद्दा न्यायाधीश आचार्य र पौडेलको इजलासमा

रवि छविको मुद्दा न्यायाधीश आचार्य र पौडेलको इजलासमा

बिहिवार, पौष ३ २०८२११:१९
बिहिवार, पौष ३ २०८२११:१९
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदैछ।

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछाने र जोशीले आफूहरू सहित चार जना व्यक्तिहरूलाई सामूहिक बिगो कायम गरिएको १० करोड ९९ लाख ३६ हजार रुपैयाँमध्ये आफ्नो भागमा पर्ने रकम बुझाएर रिहा गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए।

    लामिछानेले बिगोमध्ये आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत समेत जिल्ला अदालत रुपन्देहीमा पेस गरे पनि गत साउन २६ गते जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेपछि लामिछानेले भदौ ९ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दर्ता गराएका थिए। सोही मुद्दाको सुनुवाइको लागि आज हुँदै छ।

    उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछाने र जोशीको मुद्दाको सुनुवाइ अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको संयुक्त इजलासमा तोकिएको छ।

    बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको पेसी गत कात्तिक १३ गतेदेखि हरेक बिहीबार तोकिए पनि विभिन्न कारणले स्थगित हुँदै आएको छ। यसअघि मंसिर २५ गते पेसी तोकिएकोमा हेर्न नमिल्ने भन्दै स्थगित गरिएको थियो।

    सहकारी ठगी प्रकरणः रवि र छविको मुद्दाको सुनुवाई आज सहकारी ठगी प्रकरणः रवि र छविको मुद्दाको सुनुवाई आज

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend