२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी,...

यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी, ईश्वर पोखरेललका २ उम्मेदवार मात्र निर्वाचित

यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी, ईश्वर पोखरेललका २ उम्मेदवार मात्र निर्वाचित

बिहिवार, पौष ३ २०८२०२:१८
बिहिवार, पौष ३ २०८२०२:१८
  • images

    काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशनबाट १९ पदाधिकारीमध्ये अध्यक्षसहित केपी शर्मा ओली समूहका १७ जना विजयी हुँदा पराजित ईश्वर पोखरेल पक्षका २ उम्मेदवार मात्र निर्वाचित भएका छन्। 

    १९ सदस्यीय पदाधिकारीका लागि निर्वाचन भएको थियो । केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली समूहबाट बनेका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ ।

    दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर उत्रिएकोमा अधिकांश ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् । पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्रै विजयी भएका छन् । सचिवमा सबै ओलीकै प्यानलका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

    सूची :

    अध्यक्ष 

    केपी शर्मा ओली 


    उपाध्यक्ष ५

    पृथ्वीसुब्बा गुरुङ

    विष्णुप्रसाद पौडेल 

    रामबहादुर थापा बादल

    गोकर्णराज विष्ट (पोखरेल प्यानल_

    रघुजी पन्त

    महासचिव १

    शंकर पोखरेल 

    उपमहासचिव ३

    लेखराज भट्ट 

    रघुवीर महासेठ 

    योगेश भट्टराई (पोखरेल प्यानल)

    सचिव ९ 

    महेश बस्नेत

    पद्माकुमारी अर्याल

    छविलाल विश्वकर्मा

    शेरधन राई

    हिक्मतकुमार कार्की

    खगराज अधिकारी

    यामलाल कँडेल

    राजन भट्टराई

    भानुभक्त ढकाल

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend