काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा विजयी भएका छन्। प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै ओलीले अध्यक्ष पदमा ‘ह्याट्रिक’ गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार अध्यक्षका उम्मेदवार ओलीले १ हजार ६६३ मत प्राप्त गरे भने पोखरेलले ५६४ मतमा सीमित भए। दुई तिहाइभन्दा बढी मतसहित ओली विजयी भएका हुन्। यसअघि नवौँ र दशौँ महाधिवेशनबाट पनि ओली अध्यक्षमा निर्वाचित भएका थिए।
यसैगरी महासचिवमा ओली प्यानलका शंकर पोखरेल विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत ल्याए।
उपाध्यक्ष पदका पाँचै स्थानमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन्। उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्।
सचिव पदमा पनि अध्यक्ष ओलीको प्यानलका सबै ९ जना उम्मेदवार विजयी भएका छन्। सचिवमध्ये महेश बस्नेतले सर्वाधिक मत ल्याए। त्यसपछि क्रमशः पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल निर्वाचित भएका छन्।
हेर्नुहोस् मत परिणाम
अध्यक्ष
• केपी शर्मा ओली : १६६३ (विजयी)
• ईश्वर पोखरेल : ५६४
उपाध्यक्ष (५)
• पृथ्वी सुब्बा गुरुङ : १७३७ (विजयी)
• विष्णु प्रसाद पौडेल : १६७५ (विजयी)
• रामबहादुर थापा ‘बादल’ : १५१६ (विजयी)
• गोकर्ण राज विष्ट : १३६८ (विजयी)
• रघुजी पन्त : १२५८(विजयी)
अन्य उम्मेदवार:
• रघुजी पन्त : १२५८
• बिन्दा पाण्डे : ९२१
• परशुराम मेघी गुरुङ : ४६१
• अरुण नेपाल : ४३९
• टंक प्रसाद कार्की : ३५८
• भीमप्रसाद आचार्य : २६५
महासचिव (१)
• शंकर पोखरेल : १२२८ (विजयी)
• सुरेन्द्र प्रसाद पाण्डे : ९९९
उपमहासचिव (३)
• लेखराज भट्ट : १४५२ (विजयी)
• रघुवीर महासेठ : १३६८ (विजयी)
• योगेश भट्टराई : १३४८ (विजयी)
अन्य उम्मेदवार:
• विष्णु प्रसाद रिमाल : १०९१
• आनन्द प्रसाद पोखरेल : ६३५
• वैजनाथ चौधरी : ५१७
• राजेन्द्र प्रसाद गौतम : २७०
सचिव (९)
• महेश बस्नेत : १५४४ (विजयी)
• पद्मा कुमारी अर्याल : १५३० (विजयी)
• छविलाल विश्वकर्मा : १५०६ (विजयी)
• शेरधन राई : १५०३ (विजयी)
• खगराज अधिकारी : १२३१ (विजयी)
• हिक्मत कुमार कार्की : १३३७ (विजयी)
• यमलाल कँडेल : ११८५ (विजयी)
• राजन भट्टराई : ११८१ (विजयी)
• भानुभक्त ढकाल : ११०८ (विजयी)
अन्य उम्मेदवार:
• गोकुल प्रसाद बास्कोटा : १०३०
• ठाकुर प्रसाद गैरे : ८८३
• रचना खड्का : ८७७
• कर्णबहादुर थापा : ८४७
• अग्नि प्रसाद खरेल : ७१६
• विनोद प्रसाद ढकाल : ६८४
• कृष्ण गोपाल श्रेष्ठ : ६२५
• पेम्बा लामा : ४९३
• लाल बाबु पण्डित : ४९६
• इन्द्रलाल साप्कोटा : ४०५
• पुरुषोत्तम पौडेल : ४६२

