२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • पराजितपछि ईश्वर पोखरेलले भने,एमालेको अभियानमा सहभागिता...

पराजितपछि ईश्वर पोखरेलले भने,एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रूपमा रहन्छ

पराजितपछि ईश्वर पोखरेलले भने,एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रूपमा रहन्छ

बिहिवार, पौष ३ २०८२०४:४९
बिहिवार, पौष ३ २०८२०४:४९
  • images

    काठमाडौं ।  नेकपा एमालेको अध्यक्षमा पराजित भएका ईश्वर पोखरेलले विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने बताएका छन् । 

    पोखरेलले प्रतिस्पर्धामा यसपटक विजयी बन्न नसके पनि अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्ने प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी संचालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न  ‘नियन्त्रण र सन्तुलन ‘ को सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयहरूले बहस र छलफलले नयाँ स्तरमा निरन्तरता विश्वास व्यक्त गरेका छन् ।     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend