काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन प्रतितोला २ हजार रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाला सुन तोलाको २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार सुन तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन बिहीबार तोलाको ४ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ४ हजार ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख २१ हजार ५३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ४३४ रुपैयाँमा कारोबार भईरहेको छ ।

