२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • सकियो एमालेको पहिलो केन्द्रीय कमिटी बैठक,...

सकियो एमालेको पहिलो केन्द्रीय कमिटी बैठक, के–के गर्‍यो निर्णय ?

सकियो एमालेको पहिलो केन्द्रीय कमिटी बैठक, के–के गर्‍यो निर्णय ?

शुक्रवार, पौष ४ २०८२०५:१०
शुक्रवार, पौष ४ २०८२०५:१०
  • images

    काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकले एक हप्ताभित्र संशोधित विधान र राजनीतिक प्रतिवेदनहरू प्रकाशन गर्ने निर्णय गरेको छ । 

    शुक्रबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । आचार्यका अनुसार विधान महाधिवेशनबाट संशोधित र राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने निर्णय गर्दै त्यसको जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ । 

    केन्द्रीय कमिटी पदाधिकारी र सदस्यहरूको कार्यविभाजन गर्ने जिम्मेवारी पनि सचिवालयलाई दिएको छ । एमालेको सचिवालयमा १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।

    बैठकले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ काठमाडौँमा बस्ने निर्णय गर्नुका साथै पदाधिकारी र केन्द्रीय सदस्यबाट विदा भएकाहरूलाई समेटेर राष्ट्रिय सल्लाहकार परिषद् गठन गरेर कामको जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले महाधिवेशनमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend