२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • रास्वपाले भन्योः लामिछाने रिहा लगत्तै पार्टीको...

रास्वपाले भन्योः लामिछाने रिहा लगत्तै पार्टीको जिम्मेवारीमा फर्कनुहुन्छ

रास्वपाले भन्योः लामिछाने रिहा लगत्तै पार्टीको जिम्मेवारीमा फर्कनुहुन्छ

शुक्रवार, पौष ४ २०८२०५:१३
शुक्रवार, पौष ४ २०८२०५:१३
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तत्कालै जिम्मेवारीमा फर्किने भएका छन्। 

    जेलमुक्त भएपछि कानूनी र प्रशासनिक प्रक्रिया पूरा गरेर जिम्मेवारीमा फर्किने रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जनाएका छन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अर्यालले भनेका छन्, ‘कानूनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापतिज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरासमेत अवगत गराउँछौं।’

    यससँगै रास्वपाले उच्च अदालतको फैसलाको सम्मान गरेको जनाएको छ। रास्वपाले भनेको छ, ‘उच्च अदालत तुलसीपुरको बुटवल इजलासले हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सम्मान व्यक्त गर्दछ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend